चितवन विशेष

भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानद्वारा १६ जना स्रष्टा पुरस्कृत

Banner

चितवन, चैत १८–

भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानले १६ जना स्रष्टालाई सम्मान तथा पुरस्कृत गरेको छ ।

आइतबार भरतपुर महानगरपालिकाको सभाहलमा प्रतिष्ठानका कुलपति रेनु दाहाल, महानगरका उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार राना, उपकुलपति ईन्द्र रेग्मीले संयुक्तरुपमा स्रस्टालाई सम्मान तथा पुरस्कृत गरेका हुन् ।

प्रज्ञा प्रतिष्ठानले वार्षिक रुपमा प्रदान गर्ने विभिन्न सम्मान, पुरस्कार तथा निबन्ध र कथा प्रतियोगितामा पुरस्कृत प्रतिभालाई सम्मान गरिएको हो ।

सम्मान कार्यक्रममा भरतपुर प्रज्ञा सम्मान प्रकाश थापा ‘प्रथा’लाई सम्मान गरिएको हो । भरतपुर–४ चितवन निवासी थापालाई ५० हजार ७८ रुपैयाँ, दोसल्ला र प्रमाण–पत्र प्रदान गरिएको थियो । त्यसैगरी कृष्णबम मल्ल प्रज्ञा सम्मान प्रा.डा. कर्णबहादुर बानियाँलाई प्रदान गरिएको छ । भरतपुर– १२ निवासी बानियाँलाई ५० हजार ७८ रुपैयाँ दोसल्ला र प्रमाण–पत्रप्रदान गरिएको थियो । सम्मानित डा कर्णले यो सम्मानले आफूहरुमा थप जिम्मेवारी थपिएको बताए । उनले भने, ‘यो सम्मानलाई जगतले नै सम्झने भएकोले निकै हर्ष लागेको छ ।’ त्यसैगरी पुरस्कारतर्फ चित्रवन प्रज्ञा पुरस्कार डीआर. पोखरेललाई प्रदान गरिएको छ । संस्कृतिको सोपानमा चितवन कृतिका लागि भरतपुर–१० निवासी पोखरेललाई ५०हजार ७८ रुपैयाँ, दोसल्ला र प्रमाण–पत्र प्रदान गरिएको छ ।

त्यस्तै वागिश्वरी प्रज्ञा पुरस्कार सिम्रन क्षेत्रीको झुमर उपन्यासलाई दिइएको छ । भरतपुर–१ नारायणगढ निवासी क्षेत्रीलाई २५ हजार ७८ रुपैयाँ, दोसल्ला र प्रमाण–पत्र प्रदान गरिएको छ । त्यस्तै भरतपुर प्रज्ञा पुरस्कार (काव्य)जगन्नाथ पण्डितको ‘घरबारीमा तोरी फुल्यो’ कविता संग्रहलाई दिइएको छ । पुरस्कारको राशी २५ हजार ७८ रुपैयाँ सम्मानपत्र रहेको छ ।

भरतपुर प्रज्ञा पुरस्कार (आख्यान) अष्टदेवखनालको ‘अन्तश्चेतना’ उपन्यासलाई दिइएको छ । पुरस्कारको राशि २५हजार ७८ र सम्मानपत्र रहेको छ । त्यसैगरी राष्ट्रिय खुल्ला कथा प्रतियोगिता–२०८० मा पुरस्कृत स्रस्टालाई पनि सम्मान गरिएको छ ।

देशका विभिन्न क्षेत्रबाट सहभागी भएका ७२ जनालाई पछि पार्दै प्रतियोगितामा नुवाकोटका अनन्त लम्सालको ‘अन्तिम पथ’ शीर्षकको कथा सर्वोकृष्ट बनेको छ । लम्साललाई ४० हजार ७८ र प्रमाणपत्रले पुरस्कृत गरिएको छ । लमजुङकी अनिता पन्थीको ‘मृत्युको अपिल’ शीर्षकको कथाले उत्कृष्ट स्थान हासिल गरेको छ । पन्थीलाई ३० हजार ७८ रुपैयाँ र प्रमाणपत्रले पुरस्कृत गरियो । त्यस्तै काभ्रेका समिप खड्काको भाग्यको कुरो शीर्षकको कथाले उत्तम स्थान प्राप्त गरेको छ । खड्कालाई २० हजार ७८ र प्रमाणपत्रले पुरस्कृत गरिएको छ ।

त्यस्तै मोरङकी मन्दिरा मधुश्री (मन्दिरा कोइराला) को पहिचान र राधिका कल्पित (राधिका गौतम पौडेल) को अब लजाउँदैन लज्जावती शीर्षकका कथाले प्रोत्साहन स्थान हासिल गरे । दुबैलाई जनही १० हजार ७८ र प्रमाणपत्रले पुरस्कृत गरियो । प्रतिष्ठानले ‘मेरो सपनाको भरतपुर’ शीर्षकमा चितवन जिल्लास्तरीय निबन्ध प्रतियोगिता २०८० आयोजना गरिएको थियो । उक्त प्रतियोगितामा हरिप्रसाद तिवारी रविको निबन्ध सर्वोकृष्ट घोषित रहेको थियो । तिवारीले १० हजार ७८ र प्रमाणपत्र प्राप्त गरे । त्यस्तै अनुस्का न्यौपानेको निबन्ध उत्कृष्ट रह्यो । उनले ८ हजार ७८ र प्रमाणपत्र पाए । चिरञ्जीवी दाहालको निबन्ध उत्तम घोषित भएको छ । उनलाई ६ हजार ७८र प्रमाणपत्र दिइयो । त्यस्तै प्रोत्साहन पुरस्कार प्राप्त गरेका सन्तोष सुवेदी र स्वस्तिक शर्मालाई जनही चार हजार ७८ र प्रमाणपत्र दिइएको छ । प्रज्ञापरिषद्का उपकुलपति ईन्द्रप्रसाद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रम प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव बालकृष्ण थपलियाले सहजीकरण गरेका छन् । कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख अधिकारी र महानगरका प्रमुख प्रशासकीय अधिकृत रानाले सम्मान भएका सबै सर्जकलाई शुभकामना दिँदै आगामी दिनमा पनि साहित्य क्षेत्रमा सक्रिय भएर लाग्न सुझाव दिएका थिए ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>