चितवन विशेष

भोलि चितवनमा ‘सिनेमा साक्षरता अभियान’ गरिँदै

Banner

चितवन, चैत १८-

अस्कर इन्टरनेसनल कलेजले चितवनमा सोमबार ‘सिनेमा साक्षरता अभियान’ सञ्चालन गर्ने भएको छ ।

देशभरनै ‘सिनेमा साक्षारता अभियान’ सञ्चालन गरिरहेको अस्करले चितवनमा सोमबार उक्त कार्यक्रम गर्ने भएको हो ।

कार्यक्रम भरतपुरस्थित सप्तगण्डकी बहुमुखी क्याम्पसमा गरिने अस्करका प्राध्यापक रामराजा दाहालले जानकारी दिए । कार्यक्रम बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म हुनेछ । नयाँ पुस्तालाई सिनेमासम्बन्धी आधारभूत जानकारी दिने र सिनेमाप्रति रुचि जगाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको दाहालको भनाइ छ ।

कार्यशालामा सिनेमासम्बन्धी प्रश्नोत्तर, अभिनयका अभ्यासहरू, सिनेमा इतिहास, चरित्रबारे जानकारी दिइनेछ । कार्यशालामा वास्तविक जीवनमा देखिएका चरित्रहरूको उदाहरण दिँदै घटना परिघटना जोड्दै सहभागी विद्यार्थीले तत्कालै एउटा कथालाई कसरी पटकथामा रूपान्तरण गर्ने कुरा पनि सिकाइनेछ ।

कागजमा लेखिएका कुरालाई कसरी श्रव्यदृश्यमा रूपान्तरण गर्ने भनेर त्यहीं प्रयोगात्मक अभ्यास पनि गरिने प्राध्यापक दाहालले बताए । सिनेमाका गतिविधि काठमाडौं केन्द्रित भएकोले मोफसल केन्द्रित कार्यक्रम अनुरुप यो अभियान सञ्चालन गरिएको प्राध्यापक दाहालको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>