राजनीति

प्रसाईंको दाबी– गृहमन्त्रीले मलाई तस्करको फोटो सार्वजनिक नगर्न भनेर खबर पठाउनुभयो

Banner

काठमाडौँ, चैत १८-

गृहमन्त्री रवि लामिछानेले तस्करलाई कारबाही गरेमा आफ्नो पूर्ण साथ रहने मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बताएका छन् ।

आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले आफूले गृहमन्त्री रविलाई प्रमाणसहित तस्करको फोटो सार्वजनिक गर्ने र कारबाही गरेर देखाउन पनि गृहमन्त्रीलाई चुनौती समेत बताए ।

त्यस्तै प्रसाईंले आफूलाई गृहमन्त्री रवि लामिछानेले तस्करको फोटो सार्वजनिक नगर्न आग्रह गरेको समेत दाबी गरेका छन् । प्रसाईंले भने ‘मलाई फोटो सार्वजनिक नगर्न भनेर गृहमन्त्रीले भन्नुभएको छ, खबर पठाउनुभएको छ । फोटो सार्वजनिक गर्छु जहाँपनि तस्करहरुको’, उनले भने, ‘यो चुनौती हो । तस्करको फोटो सार्वजनिक गर्छु ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>