राजनीति

लाइसेन्स भएको मेरो हतियारमा अहिले राज्य भुलेको छः दुर्गा प्रसाईं

Banner

काठमाडौँ, चैत १८-

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राज्य अहिले आफ्नो हतियारमा भुलेको बताएका छन् । आज (आइतबार) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रसाईंले आफूले राज्यको निकायकै निर्णयको आधारमा २२ बोरको हतियार विदेशबाट ल्याएको र लाइसेन्स लिएर प्रयोग गरिरहेको बताए ।

‘झापा जिल्ला प्रशासनको सिफारिसमा गृह मन्त्रालयको सुरक्षा समितिको बैठकले मलाई हतियार दिने भनेर निर्णय गरेको हो । गृह मन्त्रालयले मन्त्रीस्तरको निर्णय गरेर वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई चिठी लेखेको थियो । त्यो चिठीको आधारमा हामीले हतियार मगाएका हौँ’, उनले भने, ‘त्यो चिठीको आधारमा हामीले लाइसेन्स पनि पाएका हौँ । अहिले राज्य मेरो हतियारमा भुलेको छ ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>