देश/प्रदेश
आफैंले काटेको रुखले च्यापिएर बालकको मृत्यु
०
डोटी, चैत १७-
दाउराका लागि रुख काट्ने क्रममा च्यापिएर बालकको मृत्यु भएको छ ।
डोटीको सायल गाउँपालिका–२ खड्गडाका १४ वर्षीय तिलक बोहरा दाउराको लागि बाँझको रुख काट्ने क्रममा सोही रुखले च्यापिइ घाइते भएका थिए ।
डोटी अस्पतालमा उपचारको क्रममा तिलकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब निरीक्षक नारायणसिंह नेगीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको डोटी प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>