राजनीति

बरु चकटीमै बसौंला तर हँसिया हथौडामा भोट हाल्ने छैनः गगन थापा

Banner

दाङ, चैत १७-

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब कांग्रेसले कुनैपनि चुनावमा गठबन्धन नगर्ने बताएका छन् । कांग्रेस अभियानअन्तर्गत थारु संवाद गर्न उक्त समुदायबाट मन्त्री बनिसकेका पर्शुनारायण चौधरीको गाउँ गोवरडिहा पुगेर महामन्त्री थापाले यस्तो बताएका हुन् ।

उनले भने, ‘यो भन्दा अगाडिको यात्रामा कुनैपनि चुनावमा नेपाली कांग्रेस पार्टीका कुनैपनि मतदाताले अव कलममा पनि भोट हाल्ने छैन। हँसिया हथौडामा पनि भोट हाल्ने छैन्। गिलासमा पनि भोट हाल्ने छैन। नसके केही छैन, बरु चकटीमै बसौंला तर चुनावमा गठबन्धन हुने छैन।’

उनले चुनावअघि गरिने गठबन्धनले नेपालको लोकतन्त्रलाई विकृत बनाएको बताए । फोहर सफा गर्न पार्टीको अहिलेको ताकतले नपुग्ने भन्दै उनले पार्टी भित्र हार्दिक एकता निर्माण गर्नुपर्ने भनाइ उनको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>