राजनीति

उपनिर्वाचन भयरहित बनाउने गरी सुरक्षा प्रवन्ध मिलाउन गृहमन्त्री लामिछानेको निर्देशन

Banner

काठमाडौं, चैत १७-

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले इलाम-२ मा बैशाख १५ गते हुने उप-निर्वाचनमा भयरहित वातावरणमा मतदान हुने व्यवस्थाका लागि सुरक्षासहित सबै प्रबन्ध मिलाउन निर्देशन समेत दिएका छन् ।

इलाममा रहेका मन्त्री लामिछानेले जिल्ला प्रशासन कार्यालय पुगेर निर्वाचन तयारीबारे जानकारी लिँदै भयरहित वातावरणमा मतदान हुने व्यवस्थाका लागि सुरक्षासहित सबै प्रबन्ध मिलाउन निर्देशन समेत दिएका हुन् ।

‘एउटै निर्वाचन क्षेत्रमा हुने भएकाले उप-निर्वाचनको तयारी र सुरक्षासहितका प्रबन्धमा स्रोत-साधनको अभाव नहुने भएकाले तयारीदेखि परिणाम घोषणासम्म मिहिन र जनविश्वसनीय योजना बनाउनु होला।’उनले निर्देशन दिँदै भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>