देश/प्रदेश
दोहा उडेको नेपाल एयरलाइन्सको जहाज काठमाडौं फर्काइयो
०

काठमाडौं, चैत १६-
बिहीबार राति काठमाडौंबाट दोहा उडेको नेपाल एयरलाइन्सको जहाज प्राविधिक समस्या आएपछि काठमाडौं फिर्ता भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार वाइडबडी ए-३३० को हाइड्रोलिकमा समस्या देखिएपछि जहाज काठमाडौं फिर्ता ल्याइएको हो ।
‘नाइनएन–एएलवाई जहाज काठमाडौंमा नर्मल अवतरण गरेको छ, जहाज ७० नटिकल माइल उडेपछि काठमाडौं आएको रेकर्ड छ,’ उनले भने । जहाज रातको करिब ३ बजे काठमाडौंमा अवतरण गरेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























