राजनीति

इलाम २ मा रास्वपाको उम्मेदवार मिलन लिम्बू

Banner

काठमाडौं,चैत १५-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा मिलन लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। बिहीबार केन्द्रीय कार्यालयमा उम्मेदवारका ६ जना आकांक्षीहरूसँग छलफल गरेर रास्वपाले लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

रास्वपा महामन्त्री डा. मुकुल ढकालले सर्वसहमतिमा लिम्बूलाई उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिए। शाख १५ गते इलाम २ मा उपनिर्वाचन हुँदैछ। त्यसका लागि यही चैत २४ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ।

लिम्बू यसअघि पत्रकार थिए। उनी नेकपा (माओवादी केन्द्र) निकट थिए। तर माओवादीसँगको आबद्धता त्याग्दै लिम्बूले इलाम २ मा स्वतन्त्र उम्मेदवारी घोषणा गरेपछि रास्वपाले संवाद अघि बढाएको थियो।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>