देश/प्रदेश

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

Banner

विराटनगर, चैत १५-

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मोरङको रङ्गेलीस्थित सन्थाल बस्तीमा भएको आगलागीबाट पीडित भएकाका लागि बासस्थान निर्माणको पहल गर्ने बताउनुभएको छ ।

पीडित परिवारसँग आज भेट गरी स्थानीयवासी, प्रदेश सरकार, स्थानीय सरकार र विभिन्न सामाजिक सङ्घसंस्थाको सहकार्यमा वासस्थान निर्माणको पहल भइरहेको उहाँको भनाइ थियो ।

सन्थाल समुदायको बसोबास रहेको सो ठाउँमा यही चैत ३ गते भएको आगलागीबाट २३ घर जलेर नष्ट भएका थिए । सन्थालहरु बस्दै आएको सो सुकुम्बासी बस्तीका नागरिकले दैनिकरुपमा ज्याला मजदुरी गरेर गुजारा गरिरहेका छन् ।

पीडितसँगको भेटमा मुख्यमन्त्री कार्कीले सो समुदायका नागरिकलाई जग्गा उपलब्ध गराउने कामको अग्रसरता लिन स्थानीय तहलाई आग्रह पनि गर्नुभयो । उनीहरुलाई जग्गा उपलब्ध गराउन सकिएमा सबैको सहयोग र समन्वयमा स्थायी बास निर्माण कार्य थालिने उहाँको भनाइ थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>