कालिका

कालिकामा उद्यमशिलताको विकास गर्न महिलालाई ४५ दिने व्युटीपार्लर तालिम

Banner

चितवन, चैत १४-

गरिबी निवारणका लागि लद्यु उद्यम विकास कार्यक्रमअन्तर्गत कालिका नगरपालिकामा महिलालाई ४५ दिने व्युटीपार्लर तालिम दिइएको छ ।
मंगलबार सम्पन्न भएको तालिम कालिका नगरपालिकाको आयोजनामा भएको हो ।

कालिका नगर प्रमुख विनोद रेग्मीले तालिममा सहभागीलाई प्रमाणपत्र प्रदान गरेका छन् । नगर प्रमुख रेग्मीले तालिमबाट सिकेको ज्ञानलाई सहीरुपमा उपयोग गर्न सके महिलाहरु आत्मनिर्भर बन्ने विश्वास व्यक्त गरे । उनले बेरोजगारीको समस्याले दिनहँु विदेशिएका युवाहरु स्वरोजगार बन्न व्युटीपार्लर तालिम उपयोगी हुने विचार राखे । रेग्मीले भने, ‘ आफ्नो घर भित्र सिमित नभई आयआर्जनमा मद्दत पु¥याउने खालको तालिम भएकोले यस किसिमको तालिम लिएपछि आफैले पार्लर चलाउन आग्रह गर्छु ।’ सीप सिकेपछि त्यसको उपयोग गरेर आत्मनिर्भर बन्न सकिने भएकोले अबसरको सदुपयोग गर्न उनले सुझाव दिए ।

नगर उपप्रमुख बिमला तामाङले तालिमले महिलालाई सिप सिकाएर आयआर्जनमा मद्दत पु¥याउने आशा व्यक्त गरिन् । पछिल्लो समय महँगो पैसा तिरेर महिलाहरुले सहरी क्षेत्रमा व्युटीपार्लरसम्बन्धी तालिम लिइरहेको अवस्थामा गरिबी निवारणका लागि लद्यु उद्यम विकास कार्यक्रमअन्तर्गत नगरपालिकाले निःशुल्क प्रदान गरेकोले तालिमलाई महिलाहरुले सदुपयोग गर्नुपर्ने सुझाव दिइन् । लक्ष्मी देवकोटाले प्रशिक्षण दिएको तालिममा २५ जना सहभागी थिए । तालिमको समापन कार्यक्रममा कालिकाका प्रमुख प्रशासकीय अधिकृत चुडामणि शर्मा गौतम, शाखा अधिकृत प्रकाशचन्द्र गौतम लगायतको सहभागिता रहेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>