चितवन विशेष

भरतपुर महानगरले ८४ लाखमा सडक सफा गर्ने ब्रुमर ल्यायो, अब भरतपुर स्मार्ट बन्ने दाबी

Banner

चितवन, चैत १४-

भरतपुर महानगरपालिकाले ८४ लाख रुपैयाँ लगानीमा सडक सफा गर्ने ब्रुमर ल्याएको छ ।

महानगरले सडकमा धुलो नउडोस् भन्ने उद्देश्यले ब्रुमर ल्याएको हो ।

बुधबार सिनोट्रक कम्पनीका प्रतिनिधिले भरतपुर महानगरका प्रमुख तथा उपप्रमुखलाई ब्रुमरको चाबी हस्तान्तरण गरेका छन् । आन्तरिक ब्यबस्थापन तथा खरिद शाखा प्रमुख झलककुमार श्रेष्ठका अनुसार ८४ लाख रुपैयाँमा ब्रुमर काठमाडौबाट भरतपुर ल्याइएको हो । ब्रुमर आएपछि अब महानगर धुलो रहित बन्नेमा महानगर विश्वस्त छ । सहर सफा गर्न मानवस्रोतले नभ्याएको अवस्थामा नयाँ नयाँ प्रविधिको प्रयोग गर्नुपरेको श्रेष्ठले बताए । ब्रुमरले अब भरतपुर स्मार्ट सिटीको अवधारणामा अगाडि बढेको महानगरको दाबी छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>