राजनीति
मन्त्री लामिछानेले भनेः गृह मन्त्रालयले पहिले सुन्ने त्यसपछिमात्रै थुन्ने नीति लिएको छ
०

काठमाडौं, चैत १४-
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफू मन्त्रालयको नेतृत्वमा आएपछि सुनेपछि मात्रै थुन्ने नीति लिएको बताएका छन्। प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिको आज बसेको बैठकमा मन्त्री लामिछानेले आफू मन्त्रालयको नेतृत्वमा आएपछि सुनेपछि मात्रै थुन्ने नीति लिएको बताएका हुन् ।
गृहमन्त्री लामिछानेले विनोद चौधरीकै विषयबाट पनि प्रष्ट हुने बताए। ‘पहिला सुन्नुपर्छ। सुन्दै नसुनी थुन्ने भन्ने हुँदैन,’ उनले भने। मन्त्री लामिछानेले यसअघि पहिला सुन्ने त्यसपछि मात्रै सुन्ने गुनासो व्यापक रहेको बताए।
‘तर अहिले त्यस्तो नीति हाम्रो होइन। विनोद चौधरीको केसमा त्यस्तो देखिएन,’ उनले भने।
त्यसपछि कानुन पल्टाएर त्यसले भनेबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने उनले बताए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























