कर्पोरेट

जापानको पानासोनिक ब्रान्डको एयर कन्डिसनमा ३२ हजार रुपैयाँ छुट

Banner

काठमाडौं, चैत १४-

जापानको उत्कृष्ट ब्रान्ड पानासोनिकले एयर कन्डिसनरमा ३२ हजार रुपैयाँ छुट दिएको छ ।

अफर नेपालका लागि पानासोनिक एयर कन्डिसनरको अधिकृत बितरक त्रिवेणी ग्रुपले ३२ हजार रुपैयाँ छुटको अफर ल्याएको हो ।

उक्त छुट योजना एक टन क्षमताको इन्भर्टर टाइप एयर कन्डिसनरमा लागू हुने कम्पनीको भनाइ छ । कम्पनीले जारी गरेको विज्ञप्तिका अनुसार एक लाख १३ हजार रुपैयाँ पर्ने उक्त एयर कन्डिसनर यो अफरअन्तर्गत ८० हजार ९९० रुपैयाँमै पाइने छ । भारी छुटका अतिरिक्त कम्पनीले ग्राहकलाई अन्य सुविधा पनि दिएको छ । जसअन्तर्गत निःशुल्क जडान, निःशुल्क डेलीभरी र १२ मिटर कपर पाइन निःशुल्क पाइने जनाइएको छ ।

ऊर्जा किफायती तथा वातावरणमैत्री उक्त एयरकन्डिसनरमा १० वर्षको कम्प्रेसर वारेन्टी दिइएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ । यो एयर कन्डिसनर जगदम्बा हायर पर्चेज लिमिटेडबाट शून्य प्रतिशत किस्ताबन्दीमा पनि खरिद गर्न सकिने बताइएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>