राजनीति
रघुजी पन्तको प्रश्न-दुर्गा प्रसाईंलाई हतियार राख्ने अनुमति कसरी दिइयो ?

काठमाडौं, चैत १४-
नेकपा एमालेका सांसद रघुजी पन्तले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हतियार राख्ने अनुमति कसरी दिइयो ? भनेर प्रश्न गरेका छन्।
बुधबार राज्य व्यवस्था तथा सुशासन समितिमा उनले हतियार राख्न दिइने अनुमतिबारे प्रश्न गर्दै समीक्षा गर्ने बेला भएको बताएका हुन्। रूस, अमेरिकाका विभिन्न सहरहरूमा पटकपटक सामूहिक गोलीबारीका घटनाहरू उदाहरण दिँदै आधुनिक हतियार सुरक्षाका लागि उपलब्ध गराउने नीतिमा समीक्षा गर्नुपर्ने देखिएको उनको भनाइ थियो।
‘सयौं गोली लाग्ने खालको हतियार गलत मान्छेको राख्दा भोलि पब्लिक म्यासाकर (सामूहिक हत्याकाण्ड) भयो भने त्यसको जिम्मेवारी सरकारमाथि आउँछ। त्यसैले यो नीति समीक्षा गर्नुपर्ने सरकारले आवश्यक ठानेको छ कि छैन?,’ उनले प्रश्न गरे, ‘खासगरी दुर्गा प्रसाईंलाई जुन प्रकारको हतियार कसरी दिइयोरु त्यस्तो हतियार राख्ने कानुनी आधार छ भने त्यस्तो आधार पनि फेर्नुपर्यो अब त।’

























