घटना -दुर्घटना

माडी जाँदै गरेको बसले साइकललाई ठक्कर दिँदा एक जना गम्भीर घाइते

Banner

चितवन, चैत १३-

चितवनमा माडी जाँदै गरेको बसले साइकललाई ठक्कर दिँदा साइकल चालक गम्भीर घाइते भएका छन् ।

भरतपुर महानगरपालिका–२३ जगतपुर चोक स्थित बेनीबाट माडी तर्फ जाँदै गरेको ग १ ख ६७३३ नं.को बसले आज दिउँसो बाटो क्रस गर्दे गरेको साइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको हो ।

बसको ठक्करबाट गम्भीर घाइते जगतपुर बस्ने ४८ वर्षीय सूर्य गुरुङको चितवन मेडिकल कलेजमा उपचार भइरहेको चितवन प्रहरीले जानकारी दिएको छ । दुबै सवारीसाधन र बस चालकलाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>