राजनीति
एमाले उपाध्यक्ष पौडेल चीन प्रस्थान
०

काठमाडौँ, चैत १३-
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्ण पौडेल आज चीन प्रस्थान गर्नुभएको छ ।
चीनको दक्षिणी प्रान्त हाइनानको बोआओमा हुने बोआओ फोरम फर एशियाको वार्षिक सम्मेलनमा भाग लिन पौडेल आज त्यसतर्फ प्रस्थान गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । सम्मेलन यही मार्च २६ देखि २९ तारिखसम्म सञ्चालन हुनेछ ।
उपाध्यक्ष पौडेलले नेपालका तर्फबाट बिहीबार सम्मेलनमा सम्बोधन गर्नुहुने जनाइएको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























