समाचार

महाजात्रा हेर्न सिटी मल पुगे एमाले अध्यक्ष ओली

०
Banner

काठमाडौं, चैत १३-

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेपाली चलचित्र महाजात्रा हेर्न महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीका साथ सिटी मल पुगेका छन्।

उनले गएराति चलचित्र हेरेको सामाजिक सञ्जालमा फोटोसहित पोष्ट गरेका छन्। गत शुक्रबारदेखि नेपालका विभिन्न हलमा प्रदर्शनमा आएको यो चलचित्रलाई दर्शकले खुब मन पराएका छन्।

ओलीका साथमा श्रीमती राधिका शाक्य पनि हलमा पुगेकी थिइन्। हरिवंश आचार्यसहितका कलाकार पनि ओलीका साथमा थिए।

ओलीले प्रदर्शनका दिन गत शुक्रबार चलचित्र उत्कृष्ट रहेको र फिल्म हेर्न सुझाएका थिए। त्यस अघि उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पनि श्रीमती निकिता पौडेलका साथ चलचित्र हेर्न हलमा पुगेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>