अन्तर्राष्ट्रिय

पञ्जाव किंग्समाथि रोयल च्यालेन्जर्स बैंगलुरु ४ विकेटले विजयी

Banner

काठमाडौं, चैत १३–

रोयल च्यालेन्जर्स बैंगलुरुले पञ्जाव किंग्सलाई पराजित गरेको छ ।

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गतको सोमबार राति सम्पन्न खेलमा बैंगलुरुले पञ्जाव किंग्सलाई ४ विकेटले पराजित गरेको हो ।

पञ्जाव किंग्सले दिएको १७७ रनको लक्ष्य पछाएको बैंगलुरुले १९.२ ओभरमा लक्ष्य पुरा गरेको थियो ।

बैंगलुरुको जितमा विराट कोहलीले सर्बाधिक ७७ रन बनाएका थिए भने दिनेस कार्तिकले अविजित २८ र महिपाल लोमरोरले अविजित १७ रन बनाएका थिए ।

यसअघि पञ्जावलेपहिला ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएको थियो ।

यो रोयल च्यालेन्जर्स बैंगलुरुको दोस्रो खेलमा पहिलो जित हो । त्यस्तै पञ्जावले दोस्रो खेलमा पहिलो हार बेहोरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>