राजनीति

दीर्घकालीन उद्देश्यका लागि एमालेसँग सहकार्यः प्रधानमन्त्री दाहाल

Banner

काठमाडौँ, चैत्र १२-
प्रधानमन्त्री पुष्पकमल दाहालले दीर्घकालीन उद्देश्यका साथ एमालेसँग सहकार्य सुरु भएको बताएका छन् । उनले आफू र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच ‘ऐतिहासिक रिअलाइजेसन’ भएको उल्लेख गर्दै वामपन्थी सहकार्य सुरु भएको दाबी गरे ।

माओवादी वाग्मती प्रदेश अन्तर्गत केन्द्रीय सदस्यहरूको भेलालाई सोमबार सम्बोधन गर्दै दाहालले वामपन्थी सहकार्यको ढोका खुलेको भन्दै यसले एकताको आधार तयार गर्ने बताए । उनले आफू र ओलीले गरेको रिअलाइजेसनबारे भने थप व्याख्या भने गरेनन् । उनले प्रतिनिधिसभामा वामपन्थी शक्तिनै बलियो भएको हुनाले गैरवामपन्थी सरकारको सम्भावना नभएको दाबी गरे ।

उनले कांग्रेससँग गठबन्धन हुँदा समाजवादी आधार तयार गर्ने सम्भव नभएकाले नयाँ समीकरण बनाएको समेत दाबी गरे । ‘कांग्रेससित समाजवादी कार्यक्रम अघि बनाउन सम्भव भएन,’ उनले भने, ‘अब समाजवादको आधार तयार गर्ने गठबन्धन बनेको छ । नयाँ ढंगले जानुपर्ने हुन्छ ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>