अन्तर्राष्ट्रिय

चन्द्रमामा बुलेट रेल चलाउँदै जापान

Banner

एजेन्सी,चैत १२-

जापानी वैज्ञानिकहरुले चन्द्रमामा बुलेट रेल चलाउने तयारी  सुरु गरेका छन् । जापानको क्योटो विश्वविद्यालयका शोधकर्ताहरुले सन् २०२२ मै काजिमा कन्स्ट्रक्सनसँग मिलेर पृथ्वीलाई चन्द्रमा र मंगल ग्रहसम्म जोड्ने रेलको निर्माण गर्ने योजनामा काम गरिरहेका छन् । योसँगै पृथ्वीभन्दा बाहिर मानिसहरुलाई बसाउनका लागि एउटा कृत्रिम आवास बनाउने योजना पनि रहेको छ ।

जापानी शोधकर्ताहरु यसका लागि एउटा जिवन्त आवास बनाउने योजनामा जुटेका छन् । यो एउटा सोली आकारको भवन हुनेछ जसमा पृथ्वीमै जस्तो गुरुत्वाकर्षण तथा वातावरण तयार गरिनेछ । उक्त भवनको नाम ग्लास राखिएको छ । यसको बनावटले मानिसको शारीरिक रचनालाई कम गुरुत्वाकर्षण वा शून्य गुरुत्वाकर्षणको स्थितिमा कमजोर हुनबाट बचाउनेछ। यसमा कृत्रिम गुरुत्वाकर्षणसँगै पृथ्वीकै जस्ता सुविधाहरु हुनेछन् ।

त्यसमा एक ग्रहबाट अर्को ग्रहमा जानका लागि ट्रान्जिटका साथै हरियाली र पानीको सुविधा पनि हुनेछ । काजिमा कन्स्ट्रक्सनले यो भवनको एउटा काल्पनिक नमूना पेस गरेको छ, जसमा यसको पूर्ण योजना देखाइएको छ । साधारण भाषामा भन्नुपर्दा यो एउटा उल्टो सोली जस्तै हो जुन पृथ्वीजस्तै लगातार घुमिरहनेछ। परिक्रमणका कारण यसको केन्द्रमा एउटा दबाब सिर्जना हुनेछ जसका कारण यसभित्र पृथ्वीमै जस्तो गुरुत्वाकर्षणको अनुभूति हुनेछ ।

वैज्ञानिकहरुका अनुसार सन् २०५० सम्ममा १३ सय फिट अग्लो तथा ३२८ फिट व्यासको एउटा प्रोटोटाइप तयार हुनेछ । यद्यपि यसको अन्तिम भेरिएन्ट बनेर सञ्चालन हुनका लागि भने एक शताब्दीसम्मको समय लाग्नसक्छ ।एजेन्सीको सहयोगमा

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>