राजनीति

सभापति चालिसेले अर्थमन्त्रीलाई भने ‘भन्सारमा सेटिङ चल्दो रैछ रोक्नुहोस्’

Banner

काठमाडौँ, चैत्र ०८-
अर्थ समितिका सभापति सन्तोष चालिसेले भन्सार विन्दुमा सेटिङमा काम हुने गरेको आफैले अनुभव गरेको बताएका छन् । बिहीबार अर्थ समितिको छलफलमा उठेको राजस्व चुहावटको सन्दर्भमा थप प्रस्ट पार्दै सभापति चालिसेले आफैले अनुभव गरेको बताउँदै भन्सार चुहावट नियन्त्रण गर्न विशेष कदम चाल्न अर्थमन्त्री वर्षमान पुनलाई आग्रह गरे ।

भन्सार अनुगमन गर्न गएको बेला खर्बौँको मालवस्तु भन्सार विन्दुमा थुप्रिएको देखेको तर, राजस्व छलीका मालवस्तु भने भटाभट आँखै अगाडि पास भइरहेको आफूले देखेको उनले सुनाए ।

भन्सार क्षेत्रमा ४० प्रतिशत पनि राजस्व उठ्न नसकिरहेको तर ३० देखि ४० प्रतिशत भन्सार छली भइरहेकोतर्फ ध्यानाकर्षण गर्दै सभापति चालिसेले अर्थमन्त्री पुनलाई भन्सार चुहावट नियन्त्रणमा विशेष ध्यान दिन आग्रह गरे । प्रतिउत्तरमा मन्त्री पुनले भन्सार छली र चुहावटको क्षेत्र हेर्नेगरी सरकारले विशेष टिम तयार गरिसकेको बताउँदै केही दिन भित्रै फिल्डमै गएर अनुगमन गर्ने बताए ।

‘प्रधानमन्त्रीको विशेष निर्देशमा अर्थ मन्त्रालयले विशेष टोली तयार गरिसकेको छ । केही दिनभित्रै यसले काम गर्छ’, मन्त्री पुनले भने, ‘यसको रिजल्ट अर्को महिनामा नै राजस्वमा देखिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>