समाज

धोका दिएको भन्दै युवतीको हत्या गरेर भागेका युवक धनकुटाबाट पक्राउ

०
Banner

धरान,चैत ८-

धरानमा २१ वर्षीया सुमना श्रेष्ठको हत्या आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। धरान उपमहानरपालिका १८ मा बुधबार दिउँसो २१ वर्षीया सुमनाको शव घाँटी रेटिएको अवस्थामा भेटिएको थियो।

उक्त हत्या प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले एकजना युवकलाई धनकुटाबाट बिहीबार पक्राउ गरेको हो। पक्राउ परेका भुजेल थरका ती युवकले सुमनाको हत्या गरेको स्वीकारेको एक प्रहरी अधिकारीले बताए। उनका अनुसार सुमनाले आफूलाई धोका दिएका कारण हत्यासम्म गर्नु परेको बयान प्रहरीमा दिएका छन्।

प्रहरीले उनलाई शुक्रबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेको छ। सुमनाको शव घाँटी रेटिएको अवस्थामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा र डिपोट स्कुलबीचमा भेटिएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>