राजनीति

संसद सरकारबाट हट्नुपर्‍यो भनेर निहुँ खोजेर आक्रोश पोख्ने ठाउँ होइनः ओली

Banner

काठमाडौं, चैत ८-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई लक्षित गर्दै संसद सरकारबाट हट्नुपर्‍यो भनेर निहुँ खोजेर आक्रोश पोख्ने ठाउँ नभएको बताएका छन्।

अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवसको अवसरमा आयोजित कार्यक्रम बोल्दै यस्ता्े बताएका हुन् ।

उनले भने-राजनीति आफैँमा केही होइन। राजनीतिले अर्थतन्त्र समाज र संस्कृतिमा कति समृद्धि ल्याउन सक्यो कति विकास गर्न सक्यो ? भन्ने हुन्छ। राजनीति एउटा यस्तो माध्यम हो आफैँ गन्तव्य होइन। गन्तव्य आर्थिक, सामाजिक र सांस्कृतिक हुन्छ। राजनीति गन्तव्य त्यति हुँदैन। कहिले कहिले माध्यमका लागि हामी लड्छौँ कार्यनीतिक गन्तव्य बनाएर लड्छौँ लक्ष्य निर्धारण गरेर लड्छौँ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>