अन्तर्राष्ट्रिय

पाकिस्तानको ग्वादरमा आक्रमणः ८ आतंककारी मारिए

Banner

पाकिस्तान, चैत ८-

पाकिस्तानी कानून प्रवर्तन एजेन्सीहरूले बुधवार देशको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको ग्वादर जिल्लामा रहेको सरकारी भवनमा भएको आतंकवादी हमलालाई सफलतापूर्वक विफल पारेका छन् ।

जसमा आठ सशस्त्र आतंककारी मारिएको अधिकारीहरुले बताएका छन् । ग्रेनेड र स्वचालित राइफलसहित सशस्त्र आतंककारीहरूको समूहले ग्वादर बन्दरगाह प्राधिकरणको कार्यालय भवनमा आक्रमण गर्ने प्रयास गरेको थियो । जसमा धेरै महत्वपूर्ण कार्यालयहरू साथै कानून प्रवर्तनकर्ता र कर्मचारीहरूको आवासहरू रहेको ग्वादरका वरिष्ठ प्रहरी अधीक्षक जोहाइब मोहसिनले बताउनु भयो । आक्रमणपछि ठूलो संख्यामा प्रहरी र सुरक्षा बल घटनास्थलमा पुगेर क्षेत्रलाई घेराबन्दी गरेको थियो ।

आतंककारीहरूले आक्रमण शुरु गरेपछि यस क्षेत्रमा धेरै विस्फोटहरू भएको रिपोर्ट गरिएको थियो । प्रत्यक्षदर्शीहरूका अनुसार आक्रमणमा धेरै भवनहरू पनि क्षतिग्रस्त भएका छन् । प्रतिवन्धित बलुचिस्तान लिबरेशन आर्मीले आक्रमणको जिम्मेवारी लिएको छ । न्युज एजेन्सी नेपाल

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>