चितवन विशेष

रिटर्नी नेपालको प्रथम राष्ट्रिय सम्मेलन चैत ९ बाट भरतपुरमा सुरु हुँदै

Banner

चितवन, चैत ७-

बिदेशमा बसेर लामो समय काम गरी स्वदेश फर्किएकाहरुको संस्था रिटर्नी सेन्टर नेपालको प्रथम राष्ट्रिय सम्मेलन चैत ९ र १० गते भरतपुरमा हुने भएको छ ।

सम्मेलनबारे रिटर्नी नेपालले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

माओवादी केन्द्र निकट यो संस्थाको सम्मेलनमा देशभरबाट एक हजार ४९५ जना प्रतिनिधि सहभागी हुँदै छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्मेलनको उद्घाटन गर्ने रिटर्नी सेन्टर नेपालका तदर्थ समिति सहसंयोजक रामचन्द्र अधिकारी क्षेत्रीले जानकारी दिए ।

भरतपुर भ्रमण वर्ष २०२४ को प्रचारप्रसारलाई समेत सघाउने उद्देश्यले गर्न लागिएको सम्मेलनले नयाँ कार्यसमिति चयन गर्ने छ ।
रिटर्नी सेन्टर नेपालको शाखा ६२ जिल्लामा रहेको सेन्टरका अर्का सहसंयोजक हेमन्त पौडेलले बताए । रिटर्नी सेन्टरमा वैदेशिक रोजगारबाट फर्किएका २० हजार जना सदस्य रहेको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>