चितवन विशेष

जनतासँग एमाले अभियानको अवसरमा चितवनमा बाघचाल प्रतियोगिता गरिँदै

Banner

चितवन, चैत ७-

जनतासँग एमाले अभियानअन्तर्गत चैत १७ गते चितवनमा बाघचाल प्रतियोगिता हुने भएको छ ।

नेकपा एमाले भरतपुर महानगरपालिका–२१ वडा कमिटीले भेटवाल चौतारो देविदर्शन टोलमा प्रतियोगिता गर्न लागेको हो ।

लोप हुन लागेको बाघचाल खेललाई संरक्षण गर्दै नयाँ पुस्तालाई चेतना दिन प्रतियोगिता गर्न लागिएको बागमती प्रदेश जनसांस्कृतिक महासंघ प्रमुख अश्विन घिमिरेले नारायणी अनलाइनलाई बताए । उनले भने, ‘यसले एकातिर नागरिकसँगको सम्पर्क कायम गर्छ भने अर्काेतिर लोप हुन लागेको परम्परागत खेललाई पुर्नस्थापित गर्नेछ ।’  दिल कुमार श्रेष्ठको संयोजकत्वमा हुने प्रतियोगितामा व्यक्तिगत प्रतिस्पर्धा हुनेछ । यो खेलमा इच्छुक व्यक्तिहरुले एमाले वडा कमिटीमा नाम टिपाउन सक्ने जनाइएको छ । विजयी खेलाडीलाई पुरस्कारको व्यवस्था मौलाकालिका केबलकारले गरेको छ । १६ जनामात्र सहभागी गराइने प्रतियोगितामा खेलको नियम आयोजकले सार्वजनिक गर्ने खेलकुद व्यवस्थापक प्रकाश रावलले बताए ।

फाइल फोटो

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>