स्वास्थ्य

बरेङमा घरमा सुत्केरी हुने न्यून

Banner

बागलुङ, ७ चैत-

बरेङ गाउँपालिका जिल्ला सदरमुकाम बागलुङ बजारदेखि दक्षिणमा पर्दछ । छरिएका बस्ती र स्वास्थ्य संस्थाको सहज पहुँच नहुँदा दुई वर्षअघिसम्म गर्भवतीहरु घरमै सुत्केरी हुने गर्दथे । अहिले यो अवस्था निकै परिवर्तन भएको छ । यहाँका महिलाले नियमित गर्भ जाँचदेखि बच्चालाई खोपसमेत समयमै लगाउँदै आएका छन् ।

पछिल्लो समय बरेङमा ‘होमडेलिभरी’ हुने महिलाको सङ्ख्या शून्यमा झरेको छ । पालिकाको ठाउँ–ठाउँमा स्वास्थ्य संस्था स्थापना भएर सेवा विस्तार गरेसँगै ‘होमडेलिभरी’ शून्यमा झरेको हो ।

भर्गवतीलाई स्वास्थ्य स्वयंसेविकाले घरघरमै पुगेर सचेत बनाउने, समय–समयमा गर्भ परीक्षण गराउनेलगायत काम थालेपछि मातृ शिशु मृत्युदर पनि कम भएको बरेङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पदम बहादुर पुनले बताउनुभयो ।

“पहिलेको तुलनामा महिलाहरु शिक्षित र सचेत बन्दै गएकाले स्वास्थ्य संस्थामा सुत्केरी हुनुपर्छ भन्ने चेतना वृद्धि भएको छ”, उहाँले भन्नुभयो, “हरेक महिना स्वास्थ्य स्वयंसेविका गर्भवतीको घरमा पुगेर गर्भ परीक्षणबारे जानकारी दिने गरिएको छ ।”

स्वास्थ्य शाखा प्रमुख पुनले गाउँपालिकाले समय–समयमा गर्भवतीलाई स्वास्थ्यसम्बन्धी जनचेतामूलक कार्यक्रम गर्ने गरेको बताउनुभयो ।

“पहिलाकोजस्तो घरमै सुत्केरी हुने चलन कम हुँदै गएको छ । कहिलेकाहीँ एक÷दुई जना स्वास्थ्य संस्थामा आउन ढिला गर्दा घरमै सुत्केरी भएको पाइन्छ”, उहाँले भन्नुभयो, “पछिल्लो दुई वर्षयता घरमै सुत्केरी भएको तथ्याङ्क हामीले पाएका छैनौँ । स्वास्थ्य स्वयंसेविका तथा नर्सिङ कर्मचारी गर्भवतीको घरमा गएर स्वास्थ्य परीक्षण गर्नुहुन्छ । आवश्यकताअनुसार स्वास्थ्य संस्थामा बोलाउनुहुन्छ ।”

गाउँमा आमा समूहको बैठक हुँदा पनि भर्गवतीको स्वास्थ्य जाँचबारे सचेत गराउने गरिएको पुनको भनाइ छ । स्वास्थ्यचौकीमा भिडियो एक्सेरे सुविधा रहेको भन्दै प्रत्येक महिना गर्भको जाँच, आमा र बच्चाको अवस्था बुझ्न भिडियो एक्सरे गराइँदै आइएको उहाँले बताउनुभयो ।

भिडियो एक्सरे गर्दा आमा र बच्चाको स्वास्थ्यमा जटिलता देखियो भने बाहिर अस्पतालमा पठाउन गाउँपालिकाले रू पाँच हजार खर्च दिने गरेको स्वास्थ्य शाखा प्रमुख पुनले जानकारी दिनुभयो । हरेक गर्भवतीलाई बर्थिङ सेन्टरमा आउनेजाने भाडासमेत दिने गरिएको उहाँले बताउनुभयो ।

दूरीका हिसाबले नजिकलाई रू एक हजारदेखि टाढालाई रू तीन हजारसम्म खर्च उपलब्ध गराउने गरिएको स्वास्थ्य शाखा प्रमुख पुनले जानकारी दिनुभयो ।

बरेङ गाउँपालिकामा ५ वटा वडा छन् । पाँच वडामा पाँच स्वास्थ्यचौकी र पाँच सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरेर सेवा दिन थालिएको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बताउनुभयो । हरेक नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्यानका लागि स्वास्थ्य चौकी टाढा भएका स्थानीयलाई लक्षित गरी सामुदायिक स्वास्थ्य इकाइ सञ्चालनमा ल्याइएको उहाँको भनाइ छ ।

पाँच स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर स्थापना भएको अध्यक्ष शर्माले जानकारी दिनुभयो । आधारभूत स्वास्थ्य सेवाबाट कोही पनि नागरिक वञ्चित हुनु नपरोस् भनेर स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर लगानी गरिएको उहाँको भनाइ छ ।

पाँच स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर स्थापना भएको अध्यक्ष शर्माले जानकारी दिनुभयो । आधारभूत स्वास्थ्य सेवाबाट कोही पनि नागरिक वञ्चित हुनु नपरोस् भनेर स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर लगानी गरिएको उहाँको भनाइ छ ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>