अपराध

प्रहरीले गोली हानेर नियन्त्रणमा लियो दुई भारतीय पेशेवर अपराधी, हतियार बरामद

Banner

जनकपुरधाम, चैत ६-

दुई जना भारतीयलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ।

विभिन्न अपराधीक गतिविधिमा संलग्न भारत बिहार सीतामढी सैयाराग्राम बस्ने २८ वर्षीय सन्नीकुमार सिंह र मोतीहारी गंगापिपरा २४ वर्षीय जितेन्द्र राउतलाई सर्लाही प्रहरीले पक्राउ गरेको हो। सोमबार राती प्रहरीले राउत र सिंहलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याउने क्रममा भाग्न खोज्दा प्रहरीले गोली चलाएको थियो।

राउतको दुवै खुट्टामा गोली लागेको छ। उनको आइसियूमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। सिंहको अवस्था भने सामान्य छ। दुवै जनाको साथबाट हतियारसमेत बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवैजना बरहथवा नगरपालिका–६ स्थित एक घरमा डेरा लिएर बसिरहेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>