चितवन विशेष

भरतपुरमा सञ्चालित ३५ दिने मन्टेश्वरी तालिम सकियो

Banner

चितवन, चैत ५-

भरतपुर महानगरपालिका वडा नं १२ ले सञ्चालन गरेको ३५ दिने मन्टेश्वरी तालिम सकिएको छ ।

तालिममा सहभागीलाई प्रमाणपत्र वितरण गर्दै वडा अध्यक्ष लेखराज पन्त ‘हरि’ ले तालिमको समापन गरेका हुन् ।

कार्यक्रममा वडा अध्यक्ष हरिले वडाबाट महिलाका लागि सिलाई तथा बुनाई, ब्युटीपार्लरसम्बन्धी तालिमहरु नियमितरुपमा दिइरहेको बताए । त्यस्तै अन्य तालिममा भन्दा मन्टेश्वरी तालिममा सहभागीको संख्या धेरै रहेको र आगामी दिनमा यस्ता कार्यक्रमहरु वडाले सञ्चालन गर्ने पन्तले बताए । त्यस्तै तालिममा सहभागीले मन्टेश्वरी तालिम उपयोगी रहेको भन्दै घरमा नै सीमित रहने महिलाहरुको लागि यस्ता कार्यक्रमले अगाडि बढ्नका लागि उत्प्रेरणा दिएको बताए । २७ जनाको सहभागिता रहेको तालिममा मन्टेश्वरी शिक्षिकाद्वय मंगला क्षेत्री र सुधा पोख्रेलले प्रशिक्षण दिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>