राजनीति

मेरो नाम लिएर कसैले बार्गेनिङ गरे सिधै मलाई खबर गर्नुहोलाः शिक्षामन्त्री सुमना

Banner

काठमाडौं, चैत ४-

शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले केही विद्यालयमा भर्ना गर्न वा छात्रवृत्ति पाउन आफ्नो नाम लिएर बार्गेनिङ गर्न आएको खबर पाए तत्काल कारबाही गर्ने बताएकी छिन्। उनले सामाजिक सञ्जालबाट त्यसरी नाम लिएर बार्गेनिङ गर्न आए प्रमाणसहित खबर गर्न भनेकी छिन्।

उनले शिक्षा मन्त्रालयमा वा मातहतका निकायहरूमा आफ्नो नाम लिएर वा पार्टी, कर्मचारीमार्फत वा कुनै पनि साइनो लाएर कुनै पनि किसिमको अनुचित नियुक्ति वा अनावश्यक सरुवा बढुवाको लागि ‘सोर्स फोर्स’ लाउन कसैले खोजेमा उक्त व्यक्तिको मूल्याङ्कनमा ०.५ नम्बर घटाइने चेतावनी दिइन्।

‘सोर्स फोर्स’ वा बार्गेनिङको गन्ध मात्र पनि थाहा पाउनुभयो भने [email protected] मा उजुरी गर्नुहोला,’उनले भनेकी छिन्,‘हामीले अनुसन्धान गरेर तत्काल कारबाही गर्नेछौँ, कहीँ कतै पनि भर्ना गर्न वा छात्रवृत्ति पाउन मेरो वा हाम्रा कर्मचारी साथीहरूको नाम लिएर कोही बार्गेनिङ गर्न आयो भने प्रमाणसहित सिधै मलाई खबर गर्नुहोला।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>