राजनीति
आगामी प्रदेश सभा निर्वाचनपछि वागमतीमा उज्यालो नेपाल पार्टीको सरकार बन्छ: कुलमान घिसिङ

काठमाडौं, असोज २० –
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी प्रदेश सभा निर्वाचनपछि वागमती प्रदेशमा आफ्नो पार्टीको सरकार बन्ने दाबी गर्नुभएको छ । वागमती प्रदेशमा सरकार गठन गर्ने आधार तयार भइसकेको दाबी गर्दै उहाँले उज्यालो नेपाल पार्टी प्रदेशमा मात्रै सिमित नरही संघीय सरकारको नेतृत्व गर्ने उद्देश्यसहित अघि बढेको बताउनुभएको हो ।
मंगलवार हेटौंडामा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुनुभएका अध्यक्ष घिसिङले सञ्चारकर्मीसँग कुराकानी गर्दै वागमतीमा सरकार गठन गरेपछि संघीय सरकारको नेतृत्वसमेत उज्यालो नेपालले गर्ने दाबी गर्नुभयो । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी प्रदेश सभा निर्वाचनपछि वागमती प्रदेशमा आफ्नो पार्टीको सरकार बन्ने दाबी गर्नुभएको छ । वागमती प्रदेशमा सरकार गठन गर्ने आधार तयार भइसकेको दाबी गर्दै उहाँले उज्यालो नेपाल पार्टी प्रदेशमा मात्रै सिमित नरही संघीय सरकारको नेतृत्व गर्ने उद्देश्यसहित अघि बढेको बताउनुभएको हो ।
मंगलवार हेटौंडामा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुनुभएका अध्यक्ष घिसिङले सञ्चारकर्मीसँग कुराकानी गर्दै वागमतीमा सरकार गठन गरेपछि संघीय सरकारको नेतृत्वसमेत उज्यालो नेपालले गर्ने दाबी गर्नुभयो ।






















