राजनीति
रास्वपा दबाब यात्रा स्थगित
०

काठमाडौं, चैत ४-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दबाब यात्रा स्थगित गरेको छ । रास्वपा सरकारमा सहभागी भएपछि दबाब यात्रा स्थगित गरेको हो ।
२१ माघदेखि २१ चैतसम्म सक्ने गरी २१ वटा आयोजनामा दबाब यात्रा गर्ने कार्यतालिका बनाइएको थियो । ‘नयाँ र सिर्जनात्मक तरिकाले गर्ने गरी हाललाई दबाब यात्रा स्थगित गरिएको छ,’ महामन्त्री मुकुल ढकालले भने, ‘समाधान विधि निकाल्ने गरी नयाँ तरिकाले गर्छौं ।’ स्थगित भएको दबाब यात्रा कहिलेबाट गर्ने भन्नेबारे भने रास्वपाले निर्णय लिएको छैन ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























