चितवन विशेष

चितवन मेटल इन्जिनियरिङ एण्ड फेब्रिकेशन उद्योग समितिमा पुनःकार्कीको नेतृत्व

Banner

चितवन, चैत ३-

चितवन मेटल इन्जिनियरिङ एण्ड फेब्रिकेशन उद्योग समितिमा पुन: ताराबहादुर कार्की चयन भएका छन् ।

आज भरतपुरमा सम्पन्न समितिको पाचौं साधारणसभा तथा तेस्रो अधिवेशनले कार्कीलाई पुनः अध्यक्षमा चयन गरेको हो ।

कार्कीको अध्यक्षतामा १८ सदस्यीय कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्षहरुमा कृष्णप्रसाद भण्डारी, मोहललाल श्रेष्ठ, राजु पुडासैनी, राजकुमार श्रेष्ठ, रुकेश सापकोटा, विरेन्द्र बहादुर दवाडी रहेका छन् । त्यस्तै कार्यसमिति सदस्यहरुमा सूर्यप्रसाद तिमिल्सिना, लोकनाथ सुवेदी, रामहरि कँडेल, विवेक देवकोटा, कान्ति अधिकारी, बलराम पुरी, राजन पौडेल, सूर्यराज गिरी, निर्मल बराली र बिष्णुप्रसाद पौडेल रहेका छन् । नवनिर्वाचित समितिका सदस्यहरुलाई निर्वाचन समितिले सपथ ग्रहण गराएको छ ।

चितवन उद्योग संघका प्रशासकीय अधिकृत गोविन्दप्रसाद पौडेलले सञ्चालन गरेको अधिवेशनलाई चितवन मेटल इन्जिनियरिङ एण्ड फेब्रिकेशन उद्योग समितिका नवनिर्वाचित अध्यक्ष कार्कीले प्रतिबद्धता व्यक्त गरेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>