अपराध

नौनीमा गन्ध आएपछि चितवनका दुई डेरीलाई ४० हजार रुपैयाँ जरिवाना

Banner

चितवन, फागुन ३०-

नौनीमा गन्ध आएपछि चितवनका दुई डेरीलाई जनही २० हजार रुपैयाँका दरले ४० हजार रुपैयाँ जरिवाना गरिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले अनुगमनको क्रममा ती दुई डेरीलाई सो जरिवाना गरेको हो ।

कारबाहीमा परेका डेरीहरुमा भरतपुर महानगरपालिका–२ को राधाकृष्ण डेरी र राजन डेरी रहेका छन् । उपभोक्ताले गरेको उजुरीको आधारमा गत मंसिरमा अनुगमन गरी ती दुई डेरीलाई कारबाही गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख घननाथ अधिकारीले नारायणी अनलाइनलाई जानकारी दिए । कार्यालयले २० केजी नौनी नष्ट पनि गरेको छ ।
त्यसैगरी कार्यालयले फागुन १० गते उपभोक्ताकै उजुरीको आधारमा जुसमा अस्वभाविक गन्ध आएको भन्दै बजार अनुगमन गरी नमुना लिएर परीक्षणको लागि प्रयोगशालामा पठाएको छ । अनुसन्धानकै क्रममा रहेकोले जुसको नाम सार्वजनिक गरिएको छैन ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>