देश/प्रदेश

सुनको सिक्री नपाउँदा विवाह भाँड्ने बेहुलासहित पाँच जना बिरुद्ध मुद्धा दर्ता

Banner

वीरगञ्ज, फागुन २९-

पर्सा प्रहरीले दाइजोमा सुनको सिक्री नपाएको निहुँमा विवाह भाँडेर विवाह नगरी फर्किन थालेका बेहुलासहित पाँचजनालाई नियन्त्रणमा लिई मंगलबार विवाह सम्बन्धी कसूरमा मुद्दा चलाएको छ । बारा जिल्ला कलैया उप महानगरपालिका वडा नम्बर ४ का २८ वर्षीय उमेश साह गोढले पर्सा जिल्ला वीरगञ्ज महानगरपालिकाका रामगढवामा सोमबार राती विवाह समारोहमा दाइजोमा सुनको सिक्री नपाएको कारण देखाउँदै विवाह भाँडेर फर्केका थिए ।

विवाह नगरी फर्किन लागेको बेला प्रहरीले नियन्त्रणमा लिएको र पर्सा जिल्ला अदालतबाट दुई म्याद थप गराई थप अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एंव सूचना अधिकारी प्रहरी नायव उपरीक्षक कुमार बिक्रम थापाले जानकारी दिनुभयो ।

पर्सा प्रहरीका अनुसार बेहुला २८ वर्षीय उमेश साह गोढ, बेहुलाका बुबा ६० वर्षीय बच्चालाल साह गोढ, बेहुलाका दाइ ४२ वर्षीय राकेशकुमार साह र ४० वर्षीय मुकेश कुमार साह र बेहुलाका भिनाजु बारा जिल्ला परवानीपुर गाउँपालिका वडा नम्बर ५ का ४५ वर्षीय रामएकवाल साह उपर कारवाही अगाडि बढाइएको हो । प्रहरीले गएराती २ बजे पाँचैजनालाई विवाह समारोह स्थलबाटै नियन्त्रणमा लिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>