चितवन विशेष

भरतपुरमा तीन महिने फेसन डिजाइनिङ तालिम सुरु

Banner

चितवन, फागुन २८-

भरतपुरमा तीन महिने फेसन डिजाइनिङ तालिम सुरु भएको छ ।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर भरतपुरमा महिला उद्यमी संघ नेपाल चितवनको आयोजना र वुमन इन रोटरीको सहकार्यमा सो तालिम आइतबारबाट सुरु भएको हो ।

भरतपुर–१० मा रहेको बेनुज फेसन टेक्नोलोजी परिसरमा सुरु भएको सो तालिमको भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले उद्घाटन गरेका छन् । तालिमको उद्घाटन गर्दे उनले यस्ता तालिमले महिलालाई आत्मनिर्भर बन्न सहयोग पुग्ने बताए । उनले महानगरले पनि आर्थिक सशक्तिकरणमा सहयोग पुग्ने कार्यक्रमलाई प्रोत्साहन गर्ने गरेको भन्दै स्वरोजगार बन्नेतर्फ सबै लाग्नुपर्ने विचार राखे । संघका अध्यक्ष एवम् वुमन इन रोटरी चितवनको प्रतिनिधि श्वेता उपाध्यायले दिदीबहिनीलाई आत्मनिर्भर भएर आफ्नो जिविका आफै चलाउन सकून् भन्ने उद्देश्यका साथ संघले विभिन्न महिला उद्यमी लक्षित कार्यक्रमहरु गर्दे आएको बताइन् ।

कार्यक्रममा महिला उद्यमी संघ नेपालका केन्द्रीय सदस्य अर्पणा प्रधान भण्डारीले चितवन ८ वर्ष अघि संघको शाखा स्थापना गरिएको जानकारी गराउँदै स्थापना कालदेखि नै महिला उद्यमी संघले धेरै प्रभावकारी कार्यक्रम गर्दे आएको जानकारी दिइन् । उनले पैसाको अभावका कारण तथा अवसर नपाएका उद्योगी बन्न चाहने महिला विभिन्न तालिमलगायतका आवश्यक सहयोग संघले गर्ने गरेको बताइन् ।
कार्यक्रममा सिद्धार्थ बैँक देवघाट शाखा प्रमुख सावित्री खरेल र मिस नेपाल २०२३ प्रतियोगितामा सेमिफाइनलिष्ट सुधा देवकोटाले छोरीले आफनो जीवनमा केही गर्न सक्छन् भन्दै उदारहणीय बन्न यस्ता तालिमहरु आवश्यक रहेको बताए ।

सिदार्थ बैँकले नारीबचत खातामा नारी दिवस विशेष प्याकेज ल्याएको जानकारी गराउँदै यस्ता प्याकेजबाट उद्यमी महिलाले लाभ लिन सुझाव दिइन् । सो तालिमको प्रशिक्षकमा काजल चन्द रहेकी छन् । उनले आत्मविश्वास बढाउन आफ्नो शरीरलाई सुहाउने चलनचल्ती अनुसारको पहिरनमा ख्याल गर्नु पर्ने भन्दै फेसन डिजाइनरको माग दिनप्रतिदिन बढिरहेको बताइन् । संघका सचिव तारा रसाइलीले सहजीकरण गरेको कार्यक्रममा संघकी कोषाध्यक्ष तिर्सना उप्रेतीले संघले महिला उद्यमीलाई टेवा पुग्ने विभिन्न कार्यक्रम गर्ने गरेको जानकारी दिइन् ।

संघका वरिष्ठ उपाध्यक्ष एवम् विनुज फेसन टेक्नोलोजीका प्रोपाइटर विनु लामा श्रेष्ठले तालिम लिइसकेपछि उनीहरुलाई रोजगारको व्यवस्था गरिने बताइन् । संघको नेपालको ६८ जिल्लामा शाखा रहेको छ । चितवनमा पनि ८ वर्ष अघि शाखा स्थापना गरिएको हो । अहिले चितवन शाखामा विभिन्न उद्योग व्यवसाय गर्ने ३५ जना महिला उद्योगीहरु ंआवद्ध रहेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>