चितवन विशेष

चितवनको रत्ननगर बकुलहर अस्पतालमा टिकट काट्न लाइनमा बसेका युवकको मृत्यु

Banner

चितवन,फागुन २७-

पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालमा बहिरंग सेवाको टिकट काट्न लाइनमा बसेका एक युवकको आइतबार बिहान मृत्यु भएको छ । मुटुको जाँचका लागि टिकट काट्न लाइनमा बस्नुभएका रत्ननगर नगरपालिका ३ लौरीघोलका ३४ बर्षीय जीवनबाबु थापामगर लाइनमा बसेका बेला अचानक ढल्नुभएको थियो । त्यसपछि तत्कालै अस्पतालको आकस्मिक कक्षमा लगेर उपचार गराउँदा मृत्यु भएको अस्पतालका सूचना अधिकारी राजकुमार घिमिरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार थापामगर सुगरको बिरामी हुनुहुन्थ्यो । उहाँको लामो लाइन र अस्पतालमा उपचार नपाएर नभइ आकस्मिक रुपमा देखिएको समस्याका कारण मृत्यु भएको घिमिरेले बताउनुभयो । थापा विहान ९ः३० बजे नै अस्पतालमा उपचारका लागि पुग्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>