चितवन विशेष

नारी दिवसको अवसरमा भरतपुरमा महिलाको निःशुल्क क्यान्सर परीक्षण

Banner

चितवन, फागुन २६-

नारी दिवसको अवसर पारेर भरतपुरको चितवन हस्पिटलमा पाठेघर र स्तन क्यान्सरको निःशुल्क परीक्षण गरिएको छ ।

क्यान्सरको पूर्वअनुमान गरेर समयमै उपचार गराए स्वस्थ्य रहन सक्ने भन्दै अस्पताल परिसरमा आज क्यान्सर परीक्षण गरिएको हो ।

चितवन हस्पिटलका अध्यक्ष बाबुराम पोखरेलको अध्यक्षतामा भएको परीक्षण कार्यक्रममा वरिष्ठ क्यान्सर रोग विशेषज्ञहरु डा विनय ठाकुर, डा रशेस श्रेष्ठ, चितवन हस्पिटलकी वरिष्ठ स्त्री रोग विशेषज्ञ डा.सुनिता आचार्य, निःसन्तान रोग विशेषज्ञ डा शेखर थापालगायतको टोलीले परीक्षण गरेका छन् । सोही अवसरमा ओपीडी टिकट पनि निःशुल्क गरिएको थियो । नारायण सापकोटाले सञ्चालन गरेको कार्यक्रममा अस्पतालका सञ्चालक विजय पौडेल, अस्पताल सञ्चालकहरु शेखर अर्याल र चुडामणि घिमिरेको उपस्थिति रहेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>