चितवन विशेष

चितवनमा दुई साहित्यकारहरु राधेश्याम लेकाली र डा. अशोक थापा पुरस्कृत हुँदै

Banner

चितवन, फागुन २६-

चितवनमा दुई साहित्यकारहरु राधेश्याम लेकाली र डा अशोक थापा पुरस्कृत हुने भएका छन् ।

चितवन साहित्य परिषद्ले लेकालीलाई व्यक्तित्व तथा कृतित्वको आधारमा र डा थापाको उत्कृष्ट कथा सङ्ग्रह ‘सन्तापको धुन’ लाई पुरस्कृत गर्न लागेको हो ।

परिषद्की सचिव शान्ति शर्माले श्रीपञ्चमीको अवसरमा दिने गरेको पुरस्कार केही प्राविधिक कारणले ढिला भएकोले यही फागुन २८ गते प्रदान गरिने नारायणी अनलाइनलाई जानकारी दिइन् ।

दुवै पुरस्कारको राशी जनही ३५ हजार ४५ रुपैयाँ रहेको छ । लेकालीलाई चिसाप गायत्री–सरस्वती साहित्य पुरस्कार प्रदान गरिँदै छ भने डा. थापालाई चिसाप गीताश्री पुरस्कार प्रदान गरिन लागेको हो । गायत्री–सरस्वती पुरस्कार साहित्यकारहरु गायत्री श्रेष्ठ र सरस्वती रिजालले पाँच वर्ष अगाडि स्थापना गरेका हुन् भने चिसाप गीताश्री पुरस्कार कांग्रेस नेतृ गीता वाग्ले र साहित्यकार अच्युतभक्त वाग्लेले दुई वर्ष अगाडि स्थापना गरेको सचिव शर्माले बताइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>