खेलकुद

पदमोदय जिल्लास्तरीय भलिबलको सेमीफाइनल समीकरण पूरा

Banner

चितवन, फागुन २५-

पश्चिम चितवनको पदमोदय युवा क्लब पटिहानीद्वारा आयोजित पदमोदय जिल्लास्तरीय खुल्ला नकआउट भलिवल प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ ।

शुक्रबार भएका क्वाटरफाइनल खेलहरुबाट बाग्लुङ समाज, गैंडाकोट, हिमाल युवा क्लब , चम्पानगर, राइनो कुन्ज खेलकुद समिति , भरतपुर- १३ र कन्चन समाज विकास परिषद, भरतपुर – २१ सेमीफाइनल स्थान सुरक्षित गरेका छन् ।

प्रतियोगिताको सेमीफाइनल र फाइनल खेल शनिबार हुदैछ । पहिलो सेमीफाइनल खेलमा शनिबार विहान १० बजे राइनो कुन्ज खेलकुद समिति, भरतपुर – १३ र कन्चन समाज विकास परिषद, भरतपुर – २१ बीच प्रतिस्पर्धा हुने क्लबका अध्यक्ष रामहरि सेढाईले जानकारी दिए । यस्तै दोस्रो सेमीफाइनलमा बिहान ११ बजे बाग्लुङ समाज, गैंडाकोट र हिमाल युवा क्लब , चम्पानगरबीच प्रतिस्पर्धा हुने सेढाईले जानकारी दिए ।

क्लबले २०३६ सालदेखि महाशिबरात्रीको अवसर पारेर यो प्रतियोगिता गर्दै आइरहेको छ । भरतपुर भ्रमण वर्ष २०२४ को प्रारम्भ भएको केही दिनमै पर्यटकीय नगरी पटिहानी पदमपोखरीस्थित क्लव परिसरमा यस वर्ष पनि भलिबल प्रतियोगिता आयोजना गरिएको हो ।

झण्डै ४ दशकको ईतिहास रहेको यस क्षेत्रको भलिबल प्रतियोगिताले मोफसलमै छुट्टै पहिचान बनाउन सफल भएको छ । क्लबले २०७१ मा राष्ट्रिय तथा २०७२ मा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता सम्पन्न गरिसकेको छ ।

प्रतियोगितामा विजेता, उपविजेता र सेमिफाईनलिष्ट टिमले क्रमश: नगद ५० हजार, ३० हजार र १०/१० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिताका संयोजक निशान पौडेलले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>