देश/प्रदेश

दुई मोटरसाइकल ठक्कर खाँदा एकको मृत्यु, ४ घाइते

Banner

रुपन्देही, फागुन २५-

दुई मोटरसाइकल ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा दुई मोटरसाइकल ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका हुन् ।

लुम्बिनीबाट सूर्यपुरातर्फ जाँदै गरेको लु ८७ प ४२१२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु २४ प ७८५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा एक जनाको मृत्यु र ४ घाइते भएको प्रहरीले जानकारी दिएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ३ बस्ने २४ वर्षीय राजमन लोनियाको मृत्यु भएको छ । त्यस्तै दैलेख जिल्लाका २३ वर्षका भुपेन्द्र शाही, रुपन्देहीको गैडहवा गाउँपालिका वडा नम्बर ३ बस्ने ३४ वर्षीय राजेश चौधरी ४ वर्षकी पवित्रा चौधरी, ७ वर्षका रिजिना चौधरी घाइते भएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area