गण्डकी

ज्योतिषी पण्डित पाठक बागलुङको पञ्चकोटमा सम्मानित

Banner

बागलुङ,फागुन २५-

ज्योतिषी एवं पण्डित विष्णुप्रसाद पाठक बागलुङ जिल्लाको पञ्चकोटमा आयोजित अनन्तश्री ब्रह्माण्डीय महायज्ञका क्रममा पञ्चकोटमा सम्मानित हुनुभएको छ । सर्वसिद्धिधाम पञ्चकोटका परिकल्पनाकार एवं संस्थापक तथा ब्रह्माण्डीय महायज्ञका सङ्कल्पकर्ता मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यले पाठकलाई सम्मान प्रदान गर्नुभएको थियो ।

नेपालमा ज्योतिषीय विधामा संलग्न रही सो परम्पराको जगेर्ना गर्नुका साथै भक्तिसंगीत, भजन कीर्तनका माध्यमबाट आध्यात्मिक चेतना जगाई नेपाली समाजमा वैदिक सनातन धर्मको संरक्षण र सम्बर्धनमा लाग्दै भजन संकीर्तनबाट सर्वसिद्धिधाम पञ्चकोटको प्रचारप्रसारमा पुर्याएको योगदानको कदर गर्दै उहाँलाई सम्मान प्रदान गरिएको हो ।

सम्मानपत्रमा भनिएको छ, ‘पिता देवनारायण पाठक र माता देवकली पाठकज्यूका सुपुत्र यहाँले गर्नुभएको महत्वपूर्ण योगदान स्मरणीय छ । हाम्रा सङ्कल्पगत नेतृत्वमा नेपाल र भारतमा समेत सम्पादन भएका महायज्ञहरूमा यहाँ र यहाँको परिवारको योगदान स्तुत्य रहेको छ । आगामी दिनमा पनि नेपाली संस्कार, संस्कृतिको संरक्षण, वैदिक आदर्श र परम्पराको जगेर्ना एवं यस पवित्र पुण्यभूमिमा रहेर पञ्चकोटको सम्बर्धनमा यसैगरी लाग्नुहुनेछ भन्ने शुभेच्छा प्रकट गर्दै अभूतपूर्व अनन्तश्रीब्रह्माण्डीय महायज्ञ २०८० को अवसरमा यहाँको समुन्नत भविष्यसहित सुस्वास्थ्य र दीर्घायूको कामनाका साथ सम्मान-पत्र प्रदान गर्दछौँ ।’

पाठकको लेखन, संगीत र गायनमा उत्पादित विसं २०७५ मा शिवजीको चरण र विसं २०७७ मा मुक्तिनाथको शरण नामक भजन संग्रह युट्युबमा छन् । युट्युबमा रहेको दोस्रो भजनमा पञ्चकोट र मुक्तिनाथ बाबाका भजन पनि रहेका छन् । यसअघि उहाँले विसं २०६४ मा भजन चुट्काको क्यासेट पनि निकाल्नुभएको थियो । सो क्यासेटमा रामायण, कृष्णचरित्र, श्रीस्वस्थानीमाताका भजनहरू समेटिएका छन् ।

विसं २००७ सालमा बागलुङ जिल्लाको अमलाचौरमा जन्मिनुभएका पाठकले गुरुकुल शिक्षापश्चात ज्योतिषीय परम्परा र अध्ययनका साथै कर्मकाण्डीय र पाठपरायणको कामलाई निरन्तरता दिँदै आउनुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>