गण्डकी

गोरखामा सडक नै नभएको ठाउँमा पाँच करोड बढीमा पुल बनाउने तीन कर्मचारीलाई सफाइ

Banner

गोरखा, फागुन २३-

गोरखामा सडक नै नभएको ठाउँमा पुल बनाएको अभियोगमा अख्तियार अनुसन्धान आयोगले मुद्दा दायर गरेका ३ कर्मचारीले विशेष अदालतबाट सफाइ पाएका छन् ।

सडक नै नभएको ठाउँमा पाँच करोड ३९ लाखमा ५० मिटर लामो पुल बनाइएको अभियोगमा अख्तियारले राज्यको सम्पत्तिको दुरुपयोग गरेको आरोप लगाएको हो ।

गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका तत्कालीन सचिव ईश्वरचन्द्र मरहट्टा, प्रदेश सडक निर्देशनालयका तत्कालीन निमित्त निर्देशक रामकुमार श्रेष्ठ र पूर्वाधार विकास कार्यालयका सिनियर डिभिजनल इन्जिनियर ओमराज ढुंगानाले मंगलबार सफाइ पाएका हुन् ।

गोरखा नगरपालिकाको वडा नम्बर ३ र सिरानचोक गाउँपालिका– ५ जोड्ने जरेवरस्थित दरौँदी खोलामा खोलामा बद्नियतपूर्वक पुल हालिएको अभियोगमा उनीहरुमाथि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

खोला नै नभएको ठाउँमा पुल बनाएको भन्दै कर्मचारीमाथि अख्तियारले मुद्धा चलाउँदै सोही क्षेत्रबाट चुनाव जितेर मन्त्री बनेका तत्कालीन भौतिक पूर्वाधार मन्त्रालयलाई भने अख्तियारले उन्मुक्ति दिएको थियो ।

काल्पनिक डीपीआर बनाएर पुल हालिएको भन्दै अख्तियारले गत साल फागुनमा विशेष अदालतमा मुद्दा हालेको हो । उनीहरुले पाँच करोड ४५ लाख ५२ हजार रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारले आरोप थियो । राज्यको सम्पत्ति औचित्य नभएको स्थानमा खर्च गर्न आफ्नो ओहोदाको दुरुपयोग गरेर भ्रष्टाचार गरेको भन्दै ५ करोड ४५ लाख बिगो कायम गरी कैद र जरिवानासहित हानिनोक्सानी भएको बिगो सचिव मरहट्टाबाट असुल उपर गर्न अख्तियारले मागदाबी गरेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>