समाचार

विश्वभर एक्कासि समस्या देखिएको फेसबुक चल्न थाल्यो

०
Banner

चितवन,फागुन २२-

विश्वभर एक्कासि समस्या देखिएको सामाजिक सञ्जाल फेसबुक चल्न थालेको छ । फेसबुकसंगै मेसेन्जर र इन्स्टाग्राम विश्वभर केहिबेर समस्या आएको थियो । मेटाका प्लेटफर्महरू डाउन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । अहिले फेसबुक, मेसेन्जर र इन्टाग्राम लगइन हुन थालेको छ ।

फेसबुक, मेसेन्जर र इन्स्टाग्राम बन्द हुँदा लाखौं प्रयोगकर्ताहरू केहिबेर मेटाका सामाजिक सञ्जालको पहुँच बाहिर पुगेका थिए । फेसबुक भित्रको एक स्रोतले उदृृत गर्दै डेली मेलले लेखेको छ, कम्पनीको आन्तरिक प्रणालीहरू पनि डाउन थिए, जसले मंगलबार यस्तो खराबी आउनसक्ने सम्भावना थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>