चितवन विशेष
सुसाइड नोट शालिनले नै लेखेको पुष्टि
०

काठमाडौं,फागुन २२-
१३ वर्षीया नाबालिका शालिन पोखरेलको शवसँगै फेला परेको सुसाइड नोट उनैले लेखेको पुष्टि भएको छ । सुसाइड नोटको अक्षर उनको उत्तरपुस्तिकाको अक्षर परीक्षण गर्दा मेल खाएको हो ।
अक्षर म्याचिङका लागि प्रहरीले सुसाइड नोट र उत्तरपुस्तिका काठमाडौं विधिविज्ञान प्रयोगशाला पठाएको थियो । प्रयोगशालाको परीक्षणबाट नोट शालिनले नै लेखेको पुष्टि भएको हो । यसअघि पोस्टमार्टम रिपोर्टमा पनि शालिनको मृत्यु झुन्डिर नै भएको आएको थियो । भने बलात्कार नभएको खुलेको थियो ।
उनका परिवारले भने शालिनको बलात्कारपछि हत्या भएको भन्दै प्रदर्शन गरेका थिए । प्रहरीले स्कुलका प्रध्यानाध्यापकसहित तीन जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । १२ फागुनमा उनी स्कुलकै होस्टलभित्र झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























