अपराध

खुकुरी प्रहार गरी हत्या गरेका आरोपी २३ वर्षपछि पक्राउ

Banner

काठमाडौं, फागुन २२-

प्रहरीले हत्याका आरोपीलाई २३ वर्षपछि पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले २३ वर्षपछि एक जना हत्याका आरोपीलाई पक्राउ गरेको हो ।
एसपी होबिन्‍द्र बोगटीका अनुसार पक्राउ पर्नेमा नुवाकोट दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ का ४४ वर्षीय प्रेमबहादुर तामाङ छन्।

उनीमाथि २०५७ माघ १६ गते साबिक ध्याङफेदी गाविस वडा नम्बर ३ मा मख्खु भन्ने छेवाङ तामाङको हत्या गरेको आरोप छ।

आफन्तको घरमा त्यसराति घेवा मान्न जाँदा नाँचगान गर्नेक्रममा प्रेमबहादुरले छेवाङमाथि खुकुरी प्रहार गरी हत्या  गरेको प्रहरीले जनाएको छ।त्यसदिनपछि फरार रहेका उनलाई प्रहरीले काठमाडौं गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ माकलबारीबाट सोमबार पक्राउ गरेको हो।

थप कारबाहीका लागि सिआइबीले उनलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटमा पठाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>