क्रिकेट

एक्सपर्ट भरतपुर मेयर्स कपका उत्कृष्ट दुई खेलाडी चितवनको टिममा समावेश

Banner

चितवन, फागुन २१–

भरतपुरमा यही फागुन १९ गते पहिलो संस्करणको एक्सपर्ट भरतपुर मेयर्स कप अन्तरविद्यालय टि–२० क्रिकेट लिग प्रतियोगिता सम्पन्न भयो । प्रतियोगिताको उपाधि अर्किड स्कुलले जित्यो भने प्रतियोगितामा सबै खेलाडीहरुले गरेको प्रदर्शनले सबैको ध्यान तान्यो ।

यही प्रतियोगिताबाटै उदाएका दुई खेलाडी पहिलोपटक नै चितवन जिल्ला क्रिकेट टिममा समावेश हुने महत्वपूर्ण अवसर पाएका छन् । जिल्ला क्रिकेट संघले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका दुई खेलाडीलाई चितवनको सिनियर टिममा समावेश गरेको हो । प्रतियोगितामा उत्कृष्ट बलर बनेका अर्किड स्कुलका मन्दिप बराल १४ जनाको टिममा समावेश भएका हुन् । उनी प्रतियोगितामा कुल २१ विकेट लिएका थिए ।

यस्तै वाल्मीकि शिक्षा सदनका कप्तान आदर्श दुलाल भने ४ जना रहेको वैकल्पिक खेलाडीको सूचिमा समेटिएका छन् । जिल्ला क्रिकेट संघले १४ जना मुख्य स्क्वाइड र ४ जना वैकल्पिक खेलाडी छनोट गरेको संघका अध्यक्ष सुदिप पियाले जानकारी दिए । ‘हामीले चयन गरेका १८ जना खेलाडी नै महत्वपूर्ण छन्, उनीहरु सबैले प्रतियोगितामा खेल्न पाउने अवसर छ–अध्यक्ष पियाले भने ।

चितवनको टोली हिजोदेखि सुरु भएको जितपुर सिमरा चौथो टि–२० हरपुर च्याम्पियन ट्रफी खेल्न बारा जाँदैछ । समूह बी मा रहेको चितवनको पहिलो खेल फागुन २२ गते हरपुर क्रिकेट क्लवबसंग हुदैछ भने दोस्रो खेल २३ गते नेशनल इन्फोटेक विरगंजसंग प्रतिस्पर्धा गर्नेछ । समूह ए मा कलैया क्रिकेट क्लव, युथ क्रिकेट क्लव र मकवानपुर क्रिकेट टिम छने । समूहका शीर्ष दुई टोलीले सेमीफाइनल खेल्नेछ । प्रतियोगिताको फाइनल २६ गते हुँदैछ ।

चितवनको टिम सेमीफाइनल प्रवेश गरेको खण्डमा अहिले छनोट गरिएका वैकल्पिकसहितका १८ जना खेलाडी नै प्रतियोगितामा खेल्न पाउने छन् । हाल मुख्य स्क्वाइडमा रहेका केही महत्वपूर्ण खेलाडी बागमती प्रदेशको खेलमा सहभागि हुन जाने तय भएपछि वैकल्पिक खेलाडीहरुले उक्त प्रतियोगितामो खेल्न पाउने संघका अध्यक्ष पियाले जानकारी दिए । त्यसैले पहिलोपटक टिममा छनोट भएका दुई खेलाडी चितवनबाट डेब्यु गर्ने प्रबल संभावना रहेको छ ।

हालैसम्पन्न प्रतियोगिताबाट एकैपटक दुई खेलाडी सिनियर टिममा स्थान बनाउनु प्रतियोगिताको उपलब्धी रहेको अध्यक्ष पिया बताउँछन् । ‘हाम्रो लागि एक्सपर्ट भरतपुर मेयर्स कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता निकै महत्वपूर्ण रह्यो, हामीले यहाँबाट नयाँ प्रतिभा पाएका छौं, यसका लागि आयोजक भरतपुर महानगरपालिका र मुख्य प्रायोजक एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छौं–अध्यक्ष पियाले भने ।

गत माघ २६ गतेदेखि सुरु भएको विद्यालयस्तरीय प्रतियोगिता फागुन १९ गतेसम्म चलेको थियो । जसमा भरतपुर महानगरपालिका भित्रका २० टिमले भाग लिएका थिए भने १० टिम लिग खेलेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>