घटना -दुर्घटना

स्कुल बसको ठक्करबाट एक महिलाको मृत्यु, स्थानीयले गरे सडक अवरुद्ध

Banner

जकपुरधाम, फागुन २०-

जनकधाममा स्कुल बसको ठक्करबाट एक महिलाको मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध गरेका छन् । उपमहानगरपालिका २३ विन्हीमा स्कुल बसको ठक्करबाट एक महिलाको मृत्यु र चारजना घाइते भएका थिए । दुर्घटनाको विरोधमा स्थानीयले जनकपुर–जलेश्वर सडक अवरुद्ध पारेका हुन् ।

उनीहरु सडकमा टायर बालेर प्रहरी प्रशासनविरुद्ध प्रदर्शन गरिरहेका छन् । उनीहरुले सडकमा विजुली पोल तेर्साएपछि सडक अवरुद्ध बनेको छ। ठक्कर दिएको बसलाई जलाउन खोज्दा प्रहरीले लाठीचार्ज गर्नुका साथै आश्रुग्याँस प्रहार गरेपनि प्रदर्शनकारी सडकमै छन् । प्रहरीले सडक खुलाउने प्रयासमा प्रहरीले गरिरहेको छ । अहिले अवस्था तनाव्रस्त बनेको छ ।

जनकपुधाम ९ मा रहेको एंजल्स सेकेन्ड्री बोर्डिङ स्कुलको नम्बर नखुलेको बसको ठक्करबाट स्थानीय ३५ वर्षीया राखीदेवी यादवको मृत्यु भएको थियो। बसले किचिएर अन्य ४ महिला घाइते छन् । उनीहरुलाई उपचारका लागि जनकपुरधाम लगिएको छ ।

विवाहका लागि माटो खन्न पोखरीतर्फ गइरहेकी महिलाहरुको समूहलाई तीब्र गतिमा गइरहेको बसले ठक्कर दिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>