कर्पोरेट

चैनपुरमा मेरो माइक्रो फाइनान्सको बित्तीय साक्षरता

Banner

चितवन, फागुन १४-

मेरो माइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडले चितवनमा बित्तीय साक्षरता दिएको छ ।

वित्तीय साक्षरता अभियान अन्तरर्गत चैनपुरका ग्राहकहरुलाई वित्तीय साक्षरता कार्यक्रम गरेको हो ।

उक्त कार्यक्रमहरुमा ग्राहकको आवस्यकतालाई ध्यानमा राखी प्रविधिमैत्री लघुबित्त सेवा सुविधा, एसएमएस तथा मोबाइल बैंकिङ , बचत खाता, कर्जा तथा बिमालगायत बैैंकिङ क्षेत्रका विविध आयामबारे जानकारी गराइएको छ । यस अभियानबाट स्थानीय तहमै वित्तीय सुविधा बारे चेतना तथा पहुँच पु¥याउने उद्देश्य रहेको चैनपुर अनुगमन कार्यालय चितवनका प्रमुख सरोज पण्डितले जानकारी दिए ।

मेरो माइक्रो फाइनान्स लघुबित्त वित्तीय संस्था लिमिटेड देशका गणनीय सात वाणिज्य बैँक र एक विकास बैँकबाट संयुक्त रुपमा प्रवद्र्धन गरिएको संस्था हो । नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रही ६४ जिल्लामा १४९ शाखा कार्यालय मार्फत लघुवित्त सेवा प्रदान गरिरहेको फाइनान्सले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>